काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ (प्रत्येक प्रदेशबाट १÷१ जना प्रादेशिक संयोजकसमेत रहने गरी) , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरुले नाम दर्ता गराएका छन् ।
अध्यक्षमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि भिड्दैछन् । सङ्घको निर्वाचन काठमाडौं उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौँ उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ ।



















प्रतिक्रिया