१ आश्विन २०८३, बिहिबार | September 18, 2026

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च



काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको हो। यसअघि गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो, जुन ठीक एक सातामै फेरि तोडिएको हो।

चाँदीको मूल्य पनि लगातार नयाँ उचाइमा पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले वृद्धि हुँदै चाँदीको भाउ ४ हजार २३५ रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : १७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा