२९ असार २०८३, सोमबार | July 13, 2026

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ



काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति बिना प्रदर्शन गरिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

मिराज ढुंगानालगायतका ‘जेनजी’ कार्यकर्ताहरू सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै आन्दोलनको घोषणा गरेर माइतीघरमा उत्रिएका थिए। तर, प्रशासनबाट अनुमति नलिइकन प्रदर्शन गरिएको कारण प्रहरीले हस्तक्षेप गरेको हो।

प्रदर्शनका क्रममा मिराज ढुंगानाले सडकमै सुतेर विरोध जनाएका थिए। प्रहरी प्रदर्शनकारीलाई हटाउने प्रयास गर्दा दुवै पक्षबीच धकेलाधकेल समेत भएको थियो। सो क्रममा केही ‘जेनजी’ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

अनुमतिविपरीत आन्दोलन गरिएको भन्दै प्रहरीले प्रदर्शन स्थल खाली गराउने प्रयास जारी राखेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : २५ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले