काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ उच्च बिन्दुमा पुगेको छ। मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



















प्रतिक्रिया