८ पुस २०८२, मंगलबार | December 23, 2025

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

सात दिनभित्र आफै उपस्थित भएर जवाफ दिनुपर्ने



काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइँदै आयोगको कार्यालयमा सात दिनभित्र उपस्थित भएर बयान दिन आग्रह गरिएको छ।

आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्व सम्हालेकाहरूको बयान सङ्कलन सम्पन्न भएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया अगाडि बढाएको जनाएको छ। यही सिलसिलामा तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो। आयोगले यसै विषयमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

सरकारले भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरी काम अघि बढाइरहेको छ। सुरुमा तीन महिनाको समयसीमा दिइएको उक्त आयोगको म्याद सरकारले पछिल्लो पटक एक महिना थप गरेको थियो।

आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित केही राजनीतिक व्यक्तिहरूको बयान लिन बाँकी रहेको जनाएको छ। यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सम्पन्न गरी सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिने प्रक्रिया सुरु गरिसकेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ३१ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र