७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एबीसी मिडिया ग्रुप एवं मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना पुष्टि



काठमाडौं । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना भाइरसको संक्रमण भएको छ ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

सोमबार दिउँसो स्वाव परीक्षण गराएकोमा मंगलबार बिहान कोरोना पोजेटिभ देखिएको कँडेलको परिवारले जनाएको छ । तर, सँगसँगै स्वाव परीक्षण गराएका उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सामान्य ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि कँडेल गत बिहीबारदेखि घरमै आराम गरिरहेका थिए ।

अध्यक्ष कँडेलले आफुलाई संक्रमण पुष्टि भएका कारण आफ्नो सम्पर्कमा विगत सात दिनदेखि आएका सबैलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् ।

कँडेल मंगलबार नै ह्याम्स अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ । यद्यपी, आफ्नो आवाजमा केही समस्या आएको कँडेलले बताएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ४१ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२