काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ले स्थानहद तोकिएका पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ।
आयोगले यसअघि काठमाडौं उपत्यकाबाहिर जान नपाउने भनी लगाइएको प्रावधान हटाउँदै उनीहरूको भ्रमण स्वतन्त्र गरेको हो। आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार यस सम्बन्धमा २०८२र०९र०७ गते आयोगले औपचारिक निर्णय गरेको हो।
उपसचिव पाण्डेले जारी गरेको सूचनामा विदेश भ्रमण तथा उपत्यका बाहिर जान नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भइसकेकाले सोहीअनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको उल्लेख छ।




















प्रतिक्रिया