२१ असार २०८३, आइतबार | July 5, 2026

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भेटवार्ता सार्वजनिक चासोको विषय बनेको छ । ललितपुरको ज्वागलस्थित मेयर बालेन शाहका सहयोगी कुमार बेनको निवासमा भएको भेटपछि लामिछाने बाहिरिएका हुन् ।

दुई नेताबीचको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कल-अनुमान भइरहेका बेला सञ्चारकर्मीहरूले भेटको विषयबारे प्रश्न गरेका थिए । तर लामिछानेले स्पष्ट जवाफ दिनुभन्दा पनि प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के भन्छ ?” त्यसपछि उनले थप कुनै प्रतिक्रिया नदिई त्यहाँबाट प्रस्थान गरेका थिए ।

सामान्यतया सञ्चारकर्मीसँग खुलेर धारणा राख्ने लामिछाने यसपटक भने मौन देखिएका छन् । उनले न त भेटको उद्देश्यबारे केही खुलाए, न त सम्भावित राजनीतिक सहकार्य वा छलफलको विषयमा संकेत नै गरे ।

बालेन शाह र रवि लामिछाने दुवै पछिल्लो समय वैकल्पिक राजनीतिका प्रतिनिधि पात्रका रूपमा चर्चामा छन् । त्यसैले उनीहरूबीचको भेटलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ । यद्यपि, भेटको एजेन्डा, छलफलको विषय र निष्कर्षबारे दुवै पक्षबाट औपचारिक जानकारी भने दिइएको छैन ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो भेट स्थानीय तथा राष्ट्रिय राजनीतिमा भावी सहकार्य, समन्वय वा रणनीतिक संवादसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ । तर दुवै पक्ष मौन रहेकाले यसको वास्तविक आशय अझै खुल्न बाँकी छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ३ : ३३ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको