१० पुस २०८२, बिहिबार | December 25, 2025

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भेटवार्ता सार्वजनिक चासोको विषय बनेको छ । ललितपुरको ज्वागलस्थित मेयर बालेन शाहका सहयोगी कुमार बेनको निवासमा भएको भेटपछि लामिछाने बाहिरिएका हुन् ।

दुई नेताबीचको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कल-अनुमान भइरहेका बेला सञ्चारकर्मीहरूले भेटको विषयबारे प्रश्न गरेका थिए । तर लामिछानेले स्पष्ट जवाफ दिनुभन्दा पनि प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के भन्छ ?” त्यसपछि उनले थप कुनै प्रतिक्रिया नदिई त्यहाँबाट प्रस्थान गरेका थिए ।

सामान्यतया सञ्चारकर्मीसँग खुलेर धारणा राख्ने लामिछाने यसपटक भने मौन देखिएका छन् । उनले न त भेटको उद्देश्यबारे केही खुलाए, न त सम्भावित राजनीतिक सहकार्य वा छलफलको विषयमा संकेत नै गरे ।

बालेन शाह र रवि लामिछाने दुवै पछिल्लो समय वैकल्पिक राजनीतिका प्रतिनिधि पात्रका रूपमा चर्चामा छन् । त्यसैले उनीहरूबीचको भेटलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ । यद्यपि, भेटको एजेन्डा, छलफलको विषय र निष्कर्षबारे दुवै पक्षबाट औपचारिक जानकारी भने दिइएको छैन ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो भेट स्थानीय तथा राष्ट्रिय राजनीतिमा भावी सहकार्य, समन्वय वा रणनीतिक संवादसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ । तर दुवै पक्ष मौन रहेकाले यसको वास्तविक आशय अझै खुल्न बाँकी छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ३ : ३३ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न