१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना : चालकको मृत्यु, १६ जना घाइते



अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जिप शुक्रबार बिहान भूमिकास्थान-७ स्थित छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक भूमिकास्थान-१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइते सबैको अवस्था सामान्यदेखि मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त जिपमा भूमिकास्थान नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गइरहेका स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार थिए । दुर्घटनापछि नगरपालिकाले प्रतियोगिताअन्तर्गत आजका सबै खेलकुद कार्यक्रम स्थगन गरेको जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ०७ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले