१ चैत्र २०८२, आइतबार | March 15, 2026

नागरिक उन्मुक्ति पार्टी पुनः एकीकरण हुँदै, रेशम-रञ्जिता आज एउटै मञ्चमा



काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी आज औपचारिक रूपमा एकीकरण हुँदैछन् । दुई पक्षबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंको सिनामंगलस्थित नाउपा नेपालको केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ ।

एकीकरणपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहनेछ भने पार्टीको झण्डा तथा चुनाव चिह्न पनि रेशम चौधरीले दर्ता गराएको पुरानै चिह्न कायम रहने जनाइएको छ । यससँगै पछिल्लो समय देखिएको आन्तरिक विवाद अन्त्य गर्दै पार्टी एकढिक्का भएर अघि बढ्ने तयारी गरिएको छ ।

गत भदौमा पार्टीभित्रको आन्तरिक मतभेदका कारण रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच दूरी बढेको थियो । त्यसपछि रेशम चौधरीले भदौ २९ गते पार्टीबाट अलग भएको घोषणा गर्दै कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ दल दर्ता गरेका थिए ।

तर पछिल्लो समय दुवै पक्षबीच संवाद तीव्र बनेसँगै पुनः एकताको सहमति जुटेको हो । नेताहरूका अनुसार एकतापछि पार्टी संगठनलाई बलियो बनाउने, आगामी राजनीतिक चुनौतीहरू सामना गर्ने र जनताको मुद्दामा प्रभावकारी रूपमा अघि बढ्ने लक्ष्य राखिएको छ ।

आजको एकता घोषणासँगै नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विभाजन अन्त्य भई नयाँ राजनीतिक यात्रा सुरु हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : १० बजे

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने