१२ पुस २०८२, शनिबार | December 27, 2025

नागरिक उन्मुक्ति पार्टी पुनः एकीकरण हुँदै, रेशम-रञ्जिता आज एउटै मञ्चमा



काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी आज औपचारिक रूपमा एकीकरण हुँदैछन् । दुई पक्षबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंको सिनामंगलस्थित नाउपा नेपालको केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ ।

एकीकरणपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहनेछ भने पार्टीको झण्डा तथा चुनाव चिह्न पनि रेशम चौधरीले दर्ता गराएको पुरानै चिह्न कायम रहने जनाइएको छ । यससँगै पछिल्लो समय देखिएको आन्तरिक विवाद अन्त्य गर्दै पार्टी एकढिक्का भएर अघि बढ्ने तयारी गरिएको छ ।

गत भदौमा पार्टीभित्रको आन्तरिक मतभेदका कारण रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच दूरी बढेको थियो । त्यसपछि रेशम चौधरीले भदौ २९ गते पार्टीबाट अलग भएको घोषणा गर्दै कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ दल दर्ता गरेका थिए ।

तर पछिल्लो समय दुवै पक्षबीच संवाद तीव्र बनेसँगै पुनः एकताको सहमति जुटेको हो । नेताहरूका अनुसार एकतापछि पार्टी संगठनलाई बलियो बनाउने, आगामी राजनीतिक चुनौतीहरू सामना गर्ने र जनताको मुद्दामा प्रभावकारी रूपमा अघि बढ्ने लक्ष्य राखिएको छ ।

आजको एकता घोषणासँगै नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विभाजन अन्त्य भई नयाँ राजनीतिक यात्रा सुरु हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : १० बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक