७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रमुख तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह – निर्वाचन जसरी पनि सफल पारौँ



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री निवासमा आज आयोजित छलफलमा उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको विषयका रूपमा लिन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले स्थिर, समावेशी र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्नु सबै राजनीतिक दलको साझा दायित्व भएको उल्लेख गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् । “यो निर्वाचन जसरी पनि सफल बनाउनुपर्छ । सबै राजनीतिक शक्ति सहभागी हुनुपर्छ । निर्वाचनको वातावरण सकारात्मक बन्दै गएको छ, यो स्वागतयोग्य विषय हो,” उनले भनिन् ।

उनले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सुरक्षासहित सबै पूर्वतयारी पूरा भइरहेको जानकारी दिइन् । निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोत-साधन उपलब्ध गराइसकिएको र सुरक्षाकर्मीको मनोबल उच्च रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरिन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि बैठकमा उपस्थित थिए ।

प्रधानमन्त्रीको यस पहललाई आगामी निर्वाचनको वातावरण सहज बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ११ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक