६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

मेयर बालेन दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा, संसदीय राजनीतिमा होमिँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको सात बुँदे सहमतिपछि बालेनले औपचारिक रूपमा मेयर पद त्यागेर सक्रिय संसदीय राजनीतिमा प्रवेश गर्ने तयारी गरेका हुन् ।

आइतबार बिहान ४ बजे रास्वपाका शीर्ष नेतासँग भएको सहमतिपछि बालेनले राजीनामाको तयारी थालेका हुन् । मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार महानगरसँग सम्बन्धित केही महत्त्वपूर्ण काम टुंग्याएपछि मात्रै बालेनले पद छाड्नेछन् ।

“उचित समय आएपछि मेयरज्यूले राजीनामा दिनुहुन्छ । महानगरसँग सम्बन्धित केही बाँकी काम सकाएर दुई साताभित्र राजीनामा दिने तयारी छ,” उनले बताए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । रास्वपा र बालेनबीच भएको सहमतिअनुसार उनी पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने तयारीमा छन् ।

यसअघि आइतबार बिहान बालेन र रास्वपाका सभापति रवि लामिछानेबीच भएको छलफलपछि सात बुँदे सहमति सार्वजनिक गरिएको थियो । सो सहमतिले बालेनको राष्ट्रिय राजनीतिमा प्रवेश औपचारिक रूपमा सुनिश्चित गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

मेयरका रूपमा शहरी व्यवस्थापन, अवैध संरचना नियन्त्रण र प्रशासनिक सुधारका कारण चर्चामा रहेका बालेन अब स्थानीय तहको नेतृत्वबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा सक्रिय हुने भएपछि राजधानीको राजनीति थप चासोको केन्द्र बनेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : ५९ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर