बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र बहिनीसहितले दाजुको कुटपिट गरेर हत्या गरेका छन् । रुपन्देही मायादेवी गाउँपालिका वडा नं ६ स्थित दुर्गौलियाको ईट्टा भट्टामा काम गर्ने एक मजदुरलाई भाई र बहिनीसहितले कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्गौलियामा रहेको साहु ईट्टा भट्टामा काम गर्ने भारत सराबस्ती थाना भिगां ९ घर भएका २१ वर्षिय छोटुराम हरिजन बिरामी भएको अवस्थामा निजले सुत्ने बिस्तरा तथा पाईन्टमा समेत दिशा गर्ने गरेको भन्दै हरिजनका भाई शिव शंकर, बहिनी पतर्की भन्ने शायजहा र सिराज कसगरले कुटपिट गर्दा गम्भिर घाईते भएका छोटुरामको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएका छोटुरामलाई उपचारका लागि भिम अस्पताल भैरहवामा पठाईएकोमा चेकजाँचकाक्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा भारत सराबस्ती थाना भिगां ९ का मृतकका भाई १८ वर्षिय शिव शंकर, बहिनी २० वर्षिया पतर्की भन्ने शायजहा र सोही स्थानका ३५ वर्यिाय सिराज कसगरलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



















प्रतिक्रिया