२२ भदौ २०८३, सोमबार | September 7, 2026

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या



बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र बहिनीसहितले दाजुको कुटपिट गरेर हत्या गरेका छन् । रुपन्देही मायादेवी गाउँपालिका वडा नं ६ स्थित दुर्गौलियाको ईट्टा भट्टामा काम गर्ने एक मजदुरलाई भाई र बहिनीसहितले कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्गौलियामा रहेको साहु ईट्टा भट्टामा काम गर्ने भारत सराबस्ती थाना भिगां ९ घर भएका २१ वर्षिय छोटुराम हरिजन बिरामी भएको अवस्थामा निजले सुत्ने बिस्तरा तथा पाईन्टमा समेत दिशा गर्ने गरेको भन्दै हरिजनका भाई शिव शंकर, बहिनी पतर्की भन्ने शायजहा र सिराज कसगरले कुटपिट गर्दा गम्भिर घाईते भएका छोटुरामको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएका छोटुरामलाई उपचारका लागि भिम अस्पताल भैरहवामा पठाईएकोमा चेकजाँचकाक्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा भारत सराबस्ती थाना भिगां ९ का मृतकका भाई १८ वर्षिय शिव शंकर, बहिनी २० वर्षिया पतर्की भन्ने शायजहा र सोही स्थानका ३५ वर्यिाय सिराज कसगरलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ३९ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा