१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

खजुरा क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती



खजुरा । लामो समयको प्रयासबाट बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा आएका रेडियोलोजिस्ट डा ठाकुर कोईरालाले एकाएक राजिनामा दिएर हिंडेपछि क्यान्सर अस्पतालको भिडियो एक्सरे सेवा अवरुद्ध भएको छ । लामो समय पार्टटाइम ज्यालादारीमा संचालन गरिएको भिडियो एक्सरे सेवा डा कोइराला आएपछि पूर्णरुपमा संचालनमा आएको थियो ।

भिडियो एक्सरे सेवाको अभावमा अस्पताल आएका बिरामीले दुःख पाइरहेकोमा डा कोइराला आएपछि सेवामा सहजता आएको थियो । तर एकाएक उनले राजिनामा दिएर हिँडेपछि एक साताबाट क्यान्सर अस्पतालको भिडियो एक्सरे सेवा बन्द भएको छ । क्यान्सर रोगको निदानको मुख्य अनुसन्धानकारुपमा आवश्यक भिडियो एक्सरे सेवा नै बन्द भएपछि अस्पतालको क्यान्सर उपचारमा नै समस्या हुन सक्ने अस्पतालका एक चिकित्सकले बताए ।

राजिनामा दिएका डा कोइरालाले भने सामान्य विषयमा समेत अस्पताल प्रशासनले समन्वय नगरिदिएपछि आफुले राजिनामा दिनु परेको गुनासो गरे । अस्पताल प्रशासनले सेवालाई प्रभावकारी बनाउने विषयमा उदासिनता देखाएका कारण आफुले राजिनामा दिएको बताए । स्रोतका अनुसार डा कोइरालाले रेडियोलोजि बिभागलाई प्रभावकारी बनाउन प्राबिधिक कर्मचारीको व्यवस्थापनबारे अस्पताल प्रशासन समक्ष केही माग राखेकोमा अस्पताल प्रशासनले माग सम्बोधन नगरेपछि उनले राजिनामा दिएको बुझिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले भने एकाएक राजिनामा दिएर हिँडेका कारण सेवा अवरुद्ध भएको बताए । उनले घरयासी कारण देखाएर राजिनामा दिएपछि सेवा रोकिएको बताउँदै मन्त्रालयबाट रेडियोलोजिस्ट माग गरिएको जनाए । मनत्रालयबाट नपठाए अस्पतालबाटै बिज्ञापन खोलिने उनको भनाई छ ।

यसअघि तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्वास्थ्य सचिवबाट एक महिना भित्र मन्त्रालयबाट रेडियोलोजिस्ट आउने भनिएपछि करिव ५ महिनापछि मात्र डा कोइराला क्यान्सर अस्पताल आएका थिए ।

खजुरा क्यान्सर अस्पतालले कर्णाली र सुदूरपश्चिमसम्मका क्यान्सरका बिरामीहरुलाई सेवा दिँदै आएको छ । यसअघि भरतपुर काठमाडौं र भारतको नयाँदिल्ल िपुग्न बाध्य यस क्षेत्रका क्यान्सरका बिरामीहरुलाई खजुरा क्यान्सर अस्पतालको संचालन पछि निकै सहज बनेको छ । यद्देपी २०७२ सालमा संघीय सरकारले स्थानीयबाट स्वामित्व ग्रहण गरेको अस्पतालमा हाल सम्म शुन्य दरबन्दीमा सेवा प्रवाह हुँदै आएको छ । झण्डै ४ वर्ष अघि दरबन्दी (ओएनएम) सर्वे गरेर पठाइएपनि मनत्रालयले भने पुनः अस्पतालको ओएनएम सर्वेको स्वीकृति पाउको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : २७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो