काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन आयोगमा बुझाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा कांग्रेसले निर्धारित समयमा सूची बुझाउन सकेको थिएन । देउवाबाट हस्ताक्षर गराएपछि बन्दसूची आयोगमा बुझाइएको हो। यद्यपी, कांग्रेसले आयोगले तोकेको अवधिभित्र शुल्क तिरेर भौचर काटिसकेको थियो ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समयसीमा दिएको थियो।
सोमबार दिउँसो पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सूची बुझाउन निर्वाचन कार्यालय पुगेपनि नेताहरुबीच सहमति नबन्दा सूचीमा समेटिएका नामसमेत हेरफेर गर्नुपरेको थियो ।
कांग्रेसले २०६४ सालयता समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि व्यक्तिलाई यसपटकको सूचीमा नसमेटेको जनाएको छ।




















प्रतिक्रिया