१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना



काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९ दिनदेखि अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण अनशनमा बसेका भुसालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई अस्पताल लगिएको हो ।

लामो समयदेखि पानी र सीमित तरल पदार्थमा मात्र अनशनरत रहेका भुसालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरूको टोलीले माइतीघरमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा रक्तचाप घट्नु, शरीर कमजोर हुनु तथा अन्य जटिल लक्षण देखिएपछि थप उपचार आवश्यक ठहर गर्दै उनलाई तत्काल वीर अस्पताल सारिएको चिकित्सक संघले जनाएको छ ।

डा. भुसालले जेनजी आन्दोलनका क्रममा भएका घटनामा दोषी ठहरिएकामाथि कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्नुपर्ने, राज्यस्तरमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनशन सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि मागप्रति सरकारको ध्यानाकर्षण नभएको भन्दै नागरिक समाज, अधिकारकर्मी तथा विभिन्न पेशागत संघसंस्थाले चासो व्यक्त गरेका छन् । उनीहरूले अनशनरत डा. भुसालको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।

हाल वीर अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको र अवस्था निगरानीमै रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : ११ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक