१६ पुस २०८२, बुधबार | December 31, 2025

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना



काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९ दिनदेखि अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण अनशनमा बसेका भुसालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई अस्पताल लगिएको हो ।

लामो समयदेखि पानी र सीमित तरल पदार्थमा मात्र अनशनरत रहेका भुसालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरूको टोलीले माइतीघरमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा रक्तचाप घट्नु, शरीर कमजोर हुनु तथा अन्य जटिल लक्षण देखिएपछि थप उपचार आवश्यक ठहर गर्दै उनलाई तत्काल वीर अस्पताल सारिएको चिकित्सक संघले जनाएको छ ।

डा. भुसालले जेनजी आन्दोलनका क्रममा भएका घटनामा दोषी ठहरिएकामाथि कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्नुपर्ने, राज्यस्तरमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनशन सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि मागप्रति सरकारको ध्यानाकर्षण नभएको भन्दै नागरिक समाज, अधिकारकर्मी तथा विभिन्न पेशागत संघसंस्थाले चासो व्यक्त गरेका छन् । उनीहरूले अनशनरत डा. भुसालको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।

हाल वीर अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको र अवस्था निगरानीमै रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : ११ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा