१७ पुस २०८२, बिहिबार | January 1, 2026

किया नेपालको शोरुम बुटवलको कालिकानगरमा सञ्चालन



बुटवल । किया नेपालले बुटवलको कालिकानगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कन्टिनेन्टल टे«डिङ इन्टरपाइजेज प्रालिले नविनतम सवारी साधनको प्रदर्शनी, व्यबसायिक विक्री परामर्श तथा यस क्षेत्रका ग्राहकलाई सहज सेवा उपलब्ध गराउने गरी अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर बिहीबार शोरुम सचालनमा ल्याएको हो ।

सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले मध्ययम वर्ग चढन सक्ने गाडीहरु पनि बजारमा भित्राउन किया नेपाललाई आग्रह गरे ।

अधिकारीले बुटवल सबै क्षेत्रका हबको रुपमा विकास भएको भन्दै अटो क्षेत्रको लागि नारायणी पश्चिम बुटवल केन्द्र बनेको बताए । कन्टिनेन्टल टेडिङ इन्टरपाइजेज प्रालिका डाइरेक्टर रेखा घिमिरेले आफूहरु कियासँगको सहकार्य ३० वर्षदेखि रहेको बताउदै ग्राहकलाई सबै प्रकारका सेवा गुणस्तरीय र सुलभ दरमा दिने बताइन् ।

कार्यक्रममा टंकप्रसाद भटटले किया विश्भर परिचित अटोमोबाइल ब्राण्ड रहेको बताए । कियाले देशभर आफ्नो शाखा विस्तार गर्दै २०२६ भित्र इभि, पेट्रोल लगायक ३ नयाँ मोडलका गाडी भित्राउने बताए । कार्यक्रममा अनिश लामिछानेले कियाका सवारी साधानप्रति बढ्दो माग पूरा गर्न बुटवल शोरुमले महत्वपूर्ण भूमिका खेल्ने बताए । जसले नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टीप्रति किया ब्राण्डको दृष्टीकोणलाई समर्थन गर्नेछ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ६ : २५ बजे

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी संवत नयाँ वर्ष २०२६

काठमाडौँ । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत् नयाँ वर्ष २०२६

लागुऔषध कारोबारेलाई पक्राउ गर्न नेपालगन्जमा गोली चल्यो

नेपालगन्ज । लागुऔषध नियन्त्रण अभियानका क्रममा बाँके प्रहरीले  गोली प्रहार

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं । प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय