१० भदौ २०८३, बुधबार | August 26, 2026

शेखर कोइरालाले गरे निकट नेताहरुसँग छलफल, भने – निर्वाचनअघि महाधिवेशन असम्भव



काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समयको अभावका कारण निर्वाचनअघि महाधिवेशन गराउने प्रस्ताव असम्भव देखिएको बताएका छन् ।

आज आफ्ना पक्षधर नेताहरूसँग भएको छलफलमा कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाखमा महाधिवेशन गर्ने संस्थापनको प्रस्तावलाई समयअभावकै कारण रोक्न नसकेको बताएका हुन् ।

महाधिवेशन पछि सार्न आफू इच्छुक नभए पनि उपलब्ध समय पर्याप्त नभएकाले निर्वाचनअघि महाधिवेशन सम्भव नदेखिएको कोइरालाको उनको भनाइ छ ।

पार्टीभित्र पुषमा विशेष महाधिवेशन गर्नैपर्ने गगन पक्ष र निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापन पक्षबीच तिब्र धु्रवीकरण भैरहेको अवस्थामा कोइरालाले आज आफु निकट नेताहरुसँग विशालनगरमा छलफल गरेका हुन् । सो छलफलको क्रममा उनले कार्यसम्पादन समितिको बैठकमा आफूले निर्वाचन र महाधिवेशन दुबै प्रक्रिया एकसाथ अघि बढाउनुपर्ने प्रस्ताव राखेको बताएका थिए । तर अधिकांश नेताहरूले समय व्यवस्थापन कठिन हुने बताएपछि कार्यबहाक सभापति खड्काको प्रस्तावमा सहमति जनाउनु परेको उनले स्पष्ट पारेका छन् । कोइरालाले हिजो कार्यसम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै विशेष महाधिवेशनको औचित्य सकिएको बताएका थिए ।

उक्त छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता बलबहादुर केसी, मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा. गोविन्द पोखरेल, सरिता प्रसाईँलगायत ४० भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । छलफलमा सहभागी सबै नेताहरु विशेष महाधिवेशनको विपक्षमा रहेका थिए ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १ : ०७ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ