२३ पुस २०८२, बुधबार | January 7, 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड दिल्लीमा



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् ।

नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उनी सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जनाएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए ।

संयोजक प्रचण्डले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । प्रचण्ड सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ०१ बजे

कांग्रेसका उम्मेदवार चयनप्रति गगन थापाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग गरेको गठबन्धन र उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : यी हुने नेकपाका १८ उम्मेदवार

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, मधेशी दलबीच समीकरण; नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिँदै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी

नवलपुरको मध्यबिन्दुमा बोरा भित्र महिलाको शव फेला, हत्या भएको आंशका

नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय