१७ श्रावण २०८३, आइतबार | August 2, 2026

फागुन २१ को निर्वाचन तयारीमा एमाले तीव्र, २४ निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला तथा निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार छनोट र सिफारिसको कामलाई गति दिएका हुन् ।

एमालेका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट केन्द्रमा उम्मेदवारका नामहरू पठाइँदै आएका छन् । कतिपय जिल्लाबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम केन्द्रमा पठाइएको छ । केही स्थानमा भने इच्छुक सबै उम्मेदवारको नाम सिफारिस गरी अन्तिम निर्णय केन्द्रलाई सुम्पिएको पार्टीले जनाएको छ ।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल उम्मेदवार सिफारिस भइसकेका छन् । एकल सिफारिस भएका प्रमुख नेताहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट, महासचिव शङ्कर पोखरेल दाङ-२ बाट र उपमहासचिव लेखराज भट्ट कैलाली-४ बाट सिफारिस भएका छन् । यसैगरी सचिव महेश बस्नेत भक्तपुर-२ बाट एकल रूपमा सिफारिस भएका छन् ।

त्यसैगरी एमालेका अन्य नेताहरूमा प्रदीप ज्ञवाली गुल्मी-१, ईश्वर पोखरेल काठमाडौं-५, लीलानाथ श्रेष्ठ सिरहा-३, अजय गुप्ता रौतहट-१, हरि उप्रेती सर्लाही-३, तिलक महत नवलपुर-२, मिलन गुरुङ गोरखा-२, बद्री मैनाली नुवाकोट-१, सूर्य ढकाल बाँके-१, दलबहादुर सुनार बाँके-३, विश्राम चौधरी कपिलवस्तु-१, सुहाङ नेम्वाङ इलाम-२ तथा लक्ष्मी महतो कोइरी महोत्तरी-१ बाट सिफारिस भएका छन् ।

यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि ध्रुव शाही सुर्खेत-१, कलाधर देवकोटा सुर्खेत-२, गुलाबजङ्ग शाह सल्यान, मणिराम फुयाल काठमाडौं-२ (प्रस्तावित), दामोदर भण्डारी बैतडी र गणेश ठगुन्ना दार्चुला निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम टुंगो लगाइसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोट प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा प्राप्त भएपछि पार्टीले आवश्यक छलफल र मूल्याङ्कन गरी उम्मेदवारको अन्तिम निर्णय गर्ने जनाएको छ ।

एमालेले समयमै उम्मेदवार टुंगो लगाएर संगठन परिचालन, चुनावी रणनीति र प्रचार-प्रसारलाई प्रभावकारी बनाउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ४४ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको