३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेको कोहलपुर र खजुराबाट श्रीमान श्रीमतीसहित लागुऔषध कारोबारेहरु पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले बाँकेको कोहलपुर र खजुराबाट लागु औषधका कारोबारेहरुलाई पक्राउ गरेको छ । प्रहरी पक्राउ गरेका कारोबारेमा एकाघरका श्रीमान श्रीमती समेत रहेका छन् ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर सहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ६ ग्राम ३५० मिलिग्राम र नगद ८९ हजार ९ सय रुपैयाँसहित पक्राउ पर्नेहरूमा कोहलपुर–११ मा डेरा गरी बस्ने कालिकोटको रास्कोट नगरपालिका–५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी २० वर्षीया श्रीमती कृपा तामाङ रहेका छन् ।

उनीहरू बस्दै आएको कोठा तलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले बाँकेको खजुराबाट पनि ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । खजुरा–७ गुनाहाना चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित सोही स्थानका ४७ वर्षीय समि उल्ला भाटलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : २६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र