२४ पुस २०८२, बिहिबार | January 9, 2026

फागुनबाट १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै, को को हुँदैछन् बिदा ?



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिने भएपछि रिक्त सदस्यका लागि आयोगले चुनाव गराउन लागेको हो । १९ मध्ये एक सांसद भने राष्ट्रपतिले मनोनित गर्ने ज्यवस्था रहेको छ ।

आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो।

रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। पदावधि सकिनु एक महिना पहिल्यै निर्वाचन गरिसक्नु पर्ने संविधानमा व्यवस्था रहेको छ ।

पदावधि सकिएका सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।

भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।

त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।

सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका ५९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ०५ बजे

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया,

कुलमानले सम्हालेका तीन मन्त्रालयको कार्यभार तीनजना मन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी

बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

काठमाडौँ । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान