१५ भदौ २०८३, सोमबार | August 31, 2026

मगर संघ रुपन्देहीले शुक्रबार बुटवलमा माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम गर्दै 



बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे सकरातीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले पौष २५ गते शुक्रबार बुटवलमा आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष थर्क बाह्रघरे मगरले जानकारी दिए ।

‘मगर इतिहास, भाषा संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’-भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । भारतीय चर्चित रियालिटी शो डान्स आइडल विजेता कलाकार तेरिया फौजा मगरको विशेष प्रस्तुती रहने कार्यक्रममा मगर भाषा र संस्कृति झल्किने प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी कलाकारहरुद्वारा सोरठी, कौडा, झाम्रे लगायतका प्रस्तुतीहरु रहने छन् । माघे संक्रान्तिको शुभकामना आदानप्रदानसहित आयोजना हुने साँस्कृतिक कार्यक्रममा मगर परम्पराका खानाका परिकारहरु सेलरोटी, बारा, उसिनेको तरुल, अचार लगायतको स्वाद समेत लिन सकिने आयोजक संस्थाका सदस्य शंकर गाह मगरले जानकारी दिए ।

कार्यक्रममा मगर समुदायका व्यक्तिहरुले लेखेका पुस्तक प्रदर्शनी तथा भोषभुसा र परम्पराको बारेमा जानकारी गराइने भएको छ । दिउँसो १ बजेदेखि साँझसम्म आयोजना हुने कार्यक्रममा १ हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

रुपन्देहीमा १ लाख २१ हजार बढीको संख्यामा मगर समुदायको बसोबास रहेको छ । माघे संक्रान्तिको अवसरमा विभिन्न पालिका तथा वडा तहमा समेत धुमधामकासाथ यो पर्व मनाउने गरिन्छ । मगर संघ रुपन्देहीले बुटवलमा पहिलो पटक साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो भने आगामी वर्षमा सप्ताहव्यापी रुपमै कार्यक्रम गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ०० बजे

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा