२५ पुस २०८२, शुक्रबार | January 9, 2026

मगर संघ रुपन्देहीले शुक्रबार बुटवलमा माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम गर्दै 



बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे सकरातीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले पौष २५ गते शुक्रबार बुटवलमा आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष थर्क बाह्रघरे मगरले जानकारी दिए ।

‘मगर इतिहास, भाषा संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’-भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । भारतीय चर्चित रियालिटी शो डान्स आइडल विजेता कलाकार तेरिया फौजा मगरको विशेष प्रस्तुती रहने कार्यक्रममा मगर भाषा र संस्कृति झल्किने प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी कलाकारहरुद्वारा सोरठी, कौडा, झाम्रे लगायतका प्रस्तुतीहरु रहने छन् । माघे संक्रान्तिको शुभकामना आदानप्रदानसहित आयोजना हुने साँस्कृतिक कार्यक्रममा मगर परम्पराका खानाका परिकारहरु सेलरोटी, बारा, उसिनेको तरुल, अचार लगायतको स्वाद समेत लिन सकिने आयोजक संस्थाका सदस्य शंकर गाह मगरले जानकारी दिए ।

कार्यक्रममा मगर समुदायका व्यक्तिहरुले लेखेका पुस्तक प्रदर्शनी तथा भोषभुसा र परम्पराको बारेमा जानकारी गराइने भएको छ । दिउँसो १ बजेदेखि साँझसम्म आयोजना हुने कार्यक्रममा १ हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

रुपन्देहीमा १ लाख २१ हजार बढीको संख्यामा मगर समुदायको बसोबास रहेको छ । माघे संक्रान्तिको अवसरमा विभिन्न पालिका तथा वडा तहमा समेत धुमधामकासाथ यो पर्व मनाउने गरिन्छ । मगर संघ रुपन्देहीले बुटवलमा पहिलो पटक साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो भने आगामी वर्षमा सप्ताहव्यापी रुपमै कार्यक्रम गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ०० बजे

एन आई सी एशियाको लकर सेवामा ३० प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौ । एन आई सी एशिया बैंकले लकर सेवामा उपलब्ध

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी

काठमाडौँ । नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको

देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष