१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरी जनपदतर्फका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले प्रहरी संगठनको रिक्त दरबन्दी पूर्ति गर्न उनीहरूलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा समिति सचिवालयका अनुसार बढुवा सिफारिस प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम गरिएको हो । नियमावलीअनुसार वरिष्ठता, कार्यसम्पादन मूल्यांकन, सेवा अवधि तथा आचरणलाई आधार मानेर बढुवा सिफारिस गरिएको जनाइएको छ ।

बढुवा सिफारिस सूचीमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी र नकुल पोखरेल रहेका छन् । यस्तै, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा पनि एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिसमा परेका अधिकृतहरू नेपाल प्रहरी संगठनभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारीमा कार्यरत छन् । एसएसपी पदलाई प्रहरी संगठनको महत्वपूर्ण नेतृत्व तह मानिने भएकाले उनीहरू प्रदेशस्तरीय कार्यालय, विशेष सुरक्षा निकाय तथा केन्द्रीय विभागमा नेतृत्वदायी भूमिकामा रहने अपेक्षा गरिएको छ ।

बढुवा सिफारिस सूचीमाथि निर्धारित समयभित्र उजुरी परे-नपरेको अध्ययनपछि अन्तिम निर्णय गरी बढुवा कार्यान्वयन गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : ५२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो