२ चैत्र २०८२, सोमबार | March 16, 2026

नारायणी नदीमा पानीको बहाव खतराको विन्दुभन्दा माथि, गण्डक ब्यारेजको ३६ वटै ढोका खोलियो



कावासोती । नाराययणी नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सतर्क गराएको छ ।

पूर्वी नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र विनयी त्रिवेणीका बाढी प्रभावित क्षेत्रका स्थानीयलाई प्रशासनलेले सतर्क रहन आग्रह गरेको हो । यसैगरी, चितवन जिल्ला प्रशासनले पनि नदी आसपासका क्षेत्रका जनतालाई सुरक्षित हुन सचेत गराएको छ ।

माथिल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भएपछि नारायणी नदीको सतह बढेको हो । बिहीबार बिहान ९:२५ बजे देवघाटमा नदीको सतह ८ दशमलव ०६ मिटर पुगेको छ ।

त्यहाँ ८ मिटर पानीको सतहलाई खतराको सूचक मानिन्छ । जल तथा मौसम विभागका अनुसार नारायणघाट–गैंडाकोटस्थित नारायणी नदीको पुलमा भने ११ दशमलव ३ मिटर पुगेको छ । त्यहाँ ११ मिटरलाई सतर्कताको विन्दु मानिन्छ ।

नारायणी नदीका सहायक नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भईरहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ । निरन्तर वर्षासंगै नदीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ ।

मानव वस्तीमा क्षति पु-याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय नवलपरासी पूर्वले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी आनन्द भुसालले बताए ।

नारायणी नदीमा आउने बाढीले पूर्वी नवलपरासी र चितवनको भरतपुर महानगरपालिकाका तटीय क्षेत्रका बासिन्दाहरु प्रभावित हुँदै आईरहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १० : २९ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका