२७ पुस २०८२, आइतबार | January 11, 2026

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको नेतृत्व ज्येष्ठ प्रतिनिधिले गर्ने



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि सुरु हुने विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको बलमा महामन्त्रीद्वयले आह्वान गरेको विशेषमहाधिवशेन काठमाडौंको भृकुटीमण्डमा हुँदैछ ।

बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने विशेष महाधिवेशन सचिवालयले जनाएको छ । उद्घाटन सत्रको सभापतित्व भने काठमाडौं जिल्ला सभापतिले गर्ने छन् ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू हिजोदेखि तीव्र गतिमा अघि बढिरहेका छन्। देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेसँगै स्वयंसेवकहरूको व्यापक परिचालन गरिएको छ ।

महाधिवेशन स्थल व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहेकै बेला प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले महाधिवेशन क्षेत्र थप सक्रिय बनेको देखिन्छ।

यो महाधिवेशनलाई लिएर पार्टीको संस्थापन पक्ष र इतर पक्षबीच चरम अविश्वास बढिरहँदा पार्टी फुटको खतरा पनि त्यत्तिकै बढीरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : १३ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको

सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग छ : अभिनेता हमाल

झापा । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि