१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरमा आज बसेको बैठकमा ११ औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो ।

बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन र केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनले बैठकमा ११ औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरणअनुसार करिब रु आठ करोड खर्च भएको बताए ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरे । बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख शाहीले बताए ।

पार्टीले संसद् पुनःस्थापनाको एजेन्डा र निर्वाचनलाई सँगसँगै लैजाने निर्णय गरेकोसमेत उनले जानकारी दिए । “निर्वाचनको प्रभावकारी वातावरण अझै बनिनसकेको हुनाले संसद् पुनःस्थापना र निर्वाचनको एजेन्डालाई सँगसँगै लिएर जाने निर्णय भएको छ”, उनले भने ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले महाधिवेशनले ३१ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताउँदै ३४ प्रतिशत नेता ५० वर्षभन्दा कम उमेरका रहेका जानकारी दिए । बैठक तीन दिनसम्म सञ्चालन गर्ने भनिए पनि निर्वाचनको तयारी गर्नुपर्ने भएकाले आज मात्र बसेको हो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ५३ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका