२७ पुस २०८२, आइतबार | January 11, 2026

विशेष महाधिवेशन उद्घाटनअघि यी ६ स्थानबाट निस्किदै छ र्‍याली, यस्तो छ रुट



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ः०० बजे भव्य समारोहका बीच महाधिवेशनको औपचारिक उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।

उद्घाटन समारोहअघि भृकुटीमण्डपतर्फ विभिन्न स्थानबाट र्‍याली प्रदर्शन गरिने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट र्‍याली सुरु भई भृकुटीमण्डपमा पुग्नेछ ।

सबै रुटबाट बिहान ११ बजे र्‍याली निस्कने तयारी गरिएको छ । र्‍यालीहरू भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । उद्घाटनसँगै आजै बन्दसत्र पनि सुरु गरिने जनाइएको छ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।

सुन्धाराबाट सुरु हुने पहिलो र्‍यालीमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रतिनिधि तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८, ९ र १० का कांग्रेस कार्यकर्ताहरू सहभागी हुनेछन् । उक्त र्‍याली वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

आयोजकका अनुसार विशेष महाधिवेशनमार्फत पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, विधान तथा भावी कार्यदिशाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : ५५ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको