काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शुरू भएको छ।
नाम दर्ताका लागि भृकुटीमण्डपको मुख्य प्रवेशद्वारमै दर्ता कक्ष स्थापना गरिएको छ।
दर्ताका क्रममा सहभागी प्रतिनिधिहरूले आफ्नो परिचय खुल्ने कागजात, पासपोर्ट साइजको एक प्रति फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अनुरोध गरिएको महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताएका छन् ।
दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो १ बजे हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। त्यसअघि काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ ।


















प्रतिक्रिया