२८ भदौ २०८३, आइतबार | September 13, 2026

जितेन्द्र श्रेष्ठको देउवा-खड्कालाई चेतावनी : ‘बन्दसत्रमा आउनुस्, नआए नेतृत्व परिवर्तनको महाधिवेशन बन्छ’



काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले शीर्ष नेतृत्वको अनुपस्थितिप्रति कटाक्षसमेत गरे ।

श्रेष्ठले आजको उद्घाटनसत्रमा समय अभावका कारण उपस्थित हुन नसकेको हुनसक्ने भन्दै भोलि हुने बन्दसत्रमा सहभागी हुन नेतृत्वलाई आग्रह गरे । “आदरणीय सभापति शेरबहादुर देउवाज्यू, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका पदाधिकारी साथीहरू आज नभ्याउनु भएकाले उपस्थित नहुनुभएको होला,” उनले भने, “भोलिको बन्दसत्रमा हामी तपाईंहरूको इन्तजार गरेर बस्नेछौँ ।”

उनले विशेष महाधिवेशनको उद्देश्य पार्टीलाई विभाजन गर्नु नभई एकताबद्ध बनाएर अघि बढ्नु रहेको स्पष्ट पारे । तर, नेतृत्वले कार्यकर्ता र प्रतिनिधिहरूको आवाजलाई बेवास्ता गरे विशेष महाधिवेशनले नयाँ मोड लिन सक्ने चेतावनी पनि दिए । “हाम्रो कारणले पार्टी फुट्ने छैन,” उनले भने, “तर आजको उपस्थितिलाई नजरअन्दाज गरियो भने नीति परिवर्तनको अधिवेशन नेतृत्व परिवर्तनको अधिवेशनमा रूपान्तरण हुन सक्छ, हेक्का राख्नुहोला ।”

श्रेष्ठले केही सीमित व्यक्तिको सल्लाहमा मात्र निर्भर नहुन सभापति देउवालाई आग्रह गरे । “यी टिके ६ भाइको मात्रै कुरा नसुन्नुस् सभापतिज्यू,” उनले भने, “हामी पनि तपाईंका भाइ, भतिजा हौँ । हाम्रा कुरा पनि सुन्नुहोला ।”

उनले टिकट वितरण प्रक्रियामाथि कडा टिप्पणी गर्दै ‘टिके प्रथा’ बन्द गर्न आग्रह गरे । “गोजीबाट टिकट निकालेर दिएर अब कोही जित्नेवाला छैन,” उनले भने, “टोल-गाउँमा गएर जनताको मन बुझी जित्ने सम्भावना भएका उम्मेदवारलाई मात्र टिकट दिनुपर्छ ।”

श्रेष्ठले अहिले लिइने निर्णयले आगामी फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे । साथै, सभापति देउवाले राजनीतिक विश्राम लिनुअघि भोलिको बन्दसत्रमा उपस्थित भई सम्बोधन गरेर विशेष महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रहसमेत गरे ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ३३ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब