६ श्रावण २०८३, बुधबार | July 22, 2026

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा



बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टर खेल मैदानमा आज भएको खेलहरुमा कालिका मानव ज्ञान माबि ८ स्वर्ण, ४ रजत, १ कास्य जितेको छ । यसैगरि न्यु होराईजन माबि ८ स्वर्ण, ३ रजत, १ कास्य जित्दै अंकतालिकाको दोस्रो स्थानमा छ । यसैगरि गार्गी एकेडेमी ३ स्वर्ण, ५ रजत र १ कास्य जित्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आईतबार भएको एथ्लेटिक्सका १८ वटा फिल्ड एण्ड ट्रयाकमध्ये कालिका मानव ज्ञान माबि ८ स्वर्ण, ४ रजत, १ कास्य तथा न्यु होराईजन माबि ३ स्वर्ण, १ रजत, १ कास्य जितेको हो । यसैगरि करातेतर्फ १२ स्वर्णका लागि भएको खेलमा न्यु होराईजन ५ स्वर्ण, २ रजत र २ कास्य तथा दीप ३ स्वर्ण, ४ रजत र ५ कास्य जितेको छ । प्रतियोगितामा भलिबल ,कबड्डी ,एथ्लेटिक्सतर्फ दौड, हाई जम्प, लङ्ग जम्प, सटपुट, ज्याभ्लिङ्ग थ्रो, मार्शल आर्टको विधाहरु कराँते, तेक्वान्दो प्रतियोगिताहरु भैरहेका छन ।

प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार र १० हजार नगद राशीसहित सम्मान पत्र प्राप्त गर्नेछन् ।

यसैगरी छात्रारछात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने छ । प्रतियोगितामा ४२ विद्यालयबाट १६ सय बढी खेलाडीहरु प्रतिस्प्रर्धा गर्ने छन । गतवर्ष पनि कालिका मावज्ञान माबिले उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ९ : ४६ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको