२८ पुस २०८२, सोमबार | January 12, 2026

कपिलवस्तुको वाणगंगाबाट पाँच जुवाडेसहित होटल सञ्चालक पक्राउ, २ लाख ५६ हजार नगद बरामद



बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना जुवाडे र एक होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरूको साथबाट २ लाख ५६ हजार २ सय ९० रुपैयाँ नगद, ६ थान मोबाइल सेट र ३ गड्डी तास बरामद गरिएको छ ।

प्रहरीका अनुसार स्थानीय दिनेश थारुले सञ्चालन गरेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उक्त जानकारी ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले दिएका हुन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा रुपन्देही कञ्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही स्थान भैसाही बस्ने ३२ वर्षीय कमल थापा र गौडी बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ती रहेका छन् ।

यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका-१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी, होटल सञ्चालक ३५ वर्षीय दिनेश थारु र भक्तौली बस्ने ३३ वर्षीय उमेश पोख्रेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष

कांग्रेस विशेष महाधिवेशन : यस्तो छ गगन थापाको समसमायिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्रीद्वय

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखाङ्कन स्वीकृत

तनहुँ । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको

नेपालगन्जमा निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

नेपालगन्ज । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला

पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : शेखर कोइराला

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर