१९ असार २०८३, शुक्रबार | July 4, 2026

कपिलवस्तुको वाणगंगाबाट पाँच जुवाडेसहित होटल सञ्चालक पक्राउ, २ लाख ५६ हजार नगद बरामद



बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना जुवाडे र एक होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरूको साथबाट २ लाख ५६ हजार २ सय ९० रुपैयाँ नगद, ६ थान मोबाइल सेट र ३ गड्डी तास बरामद गरिएको छ ।

प्रहरीका अनुसार स्थानीय दिनेश थारुले सञ्चालन गरेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उक्त जानकारी ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले दिएका हुन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा रुपन्देही कञ्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही स्थान भैसाही बस्ने ३२ वर्षीय कमल थापा र गौडी बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ती रहेका छन् ।

यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका-१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी, होटल सञ्चालक ३५ वर्षीय दिनेश थारु र भक्तौली बस्ने ३३ वर्षीय उमेश पोख्रेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : २३ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०