२८ पुस २०८२, सोमबार | January 12, 2026

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो



झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ ।

गत साउनदेखि मङ्सिरसम्ममा रु छ करोड ८४ लाख ७४ हजार बराबरको गोलभेँडा भारतबाट आयात भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ । गोलभेँडा आयातबाट भन्सारले रु ८२ लाख ७३ हजार राजस्व सङ्कलन गरेको उनले जानकारी दिए ।

आव २०८१/८२ को सोही अवधिमा पूर्वीनाकाबाट रु ३७ लाख ३० हजार मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको तुलनामा चालु आवमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको हो । नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने उनले बताए ।

चालु आवको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको सूचना अधिकारी हुमागाईंले उल्लेख गरे । चालु अवमा सोही नाकाबाट रु एक अर्ब १८ करोड तीन लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ११ करोड ३६ लाख २३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : ०९ बजे

‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती’

मोरङ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनमा डिजिटल

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप

दाबी भुक्तानी नपाएपछि त्रिबि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं । विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेपछि