२८ पुस २०८२, सोमबार | January 12, 2026

दीप बोर्डिङ स्कुलमा तीनदिने खेल सप्ताह सुरु, ४५० भन्दा बढी पदकका लागि प्रतिस्पर्धा



बुटवल । बुटवल उपमहानगरपालिका नम्बर ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ स्कुलमा तीनदिने खेल सप्ताह २०८२ सोमबारदेखि सुरु भएको छ । एक औपचारिक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेल सप्ताहको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख अर्यालले बुटवललाई खेलकुद हबका रूपमा स्थापित गर्ने दिशामा स्थानीय तह सक्रिय रहेको बताइन् । उनले खेलकुद विकासका लागि उपमहानगरपालिकाले ठूलो बजेट विनियोजन गर्दै खेल पूर्वाधार निर्माण तथा विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन् । खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान दिने भएकाले विद्यालय तहदेखि नै यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजु र प्राचार्य टिकाराम न्यौपानेले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुद गतिविधिलाई निरन्तर जोड दिइँदै आएको बताए । उनीहरूले खेलकुदले अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाइएको स्पष्ट पारे ।

खेल संयोजक सुरेन्द्र कुमार शाक्यका अनुसार खेल सप्ताह अन्तर्गत एथ्लेटिक्स, कबड्डी, ब्याडमिन्टन, भलिबल, क्रिकेटलगायतका विभिन्न खेल विधामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा ४५० भन्दा बढी पदकका लागि विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

हाल दीप बोर्डिङ स्कुलमा करिब २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् भने २ सय शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ३७ बजे

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को

५१ प्रतिशत उपस्थितीले नयाँ नेतृत्व चयन गर्न सक्ने विशेष महाधिवेशन पक्षधरको दाबी

काठमाडौं । बहालवाला पार्टी सभापति हटाउन महाधिवेशन प्रतिनिधिको दुई तिहाई

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न

विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन थप एकदिन

रुपन्देहीमा २८६२ औँ सोनाम ल्होसार माघ ५ गते चरङे तामाङ गुम्बामा भव्य रूपमा मनाइँदै

बुटवल । रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो मौलिक