२९ पुस २०८२, मंगलबार | January 13, 2026

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशन, आजै ९ बजेबाट मतदान



काठमाडौं । कांगैस सभापति शेरबहादुर देउवा निवासमा विवाद समाधानको विन्दु खोज्न छलफल चलिरहेका बेला नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका तर्फबाट संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सार्वजनिक कार्यतालिका अनुसार, आजै १२ः३० बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने छ । साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ ।

सार्वजनिक कार्यतालिकामा मध्यान्ह १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।

दिउँसो ४ बजे मतदाताको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । ४ बजे नै मनोनयन दर्ता, ४ः३० देखि ५ बजे सम्म दाबी बिरोध र ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यबिधिमा उल्लेख छ ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । खम्बबहादुर खाती नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ४४ बजे

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन

दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

सावधान! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन