१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा थपिए ७५५ नयाँ संक्रमित, चितवनमा पनि तिब्र संक्रमण



काठमाडौं । देशभर कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन लगाउन सरकारलाई सिफारिस गरिसकेको छ । तर, सक्रिय संक्रमितको संख्या झन बढेको छ ।

संक्रमितहरु सबैभन्दा धेरै काठमाडौं उपत्यकामा नै बढिरहेका छन् । पछिल्लो २४ घण्टामा घना वस्ती भएका काठमाडौं र चितवनमा संक्रमितहरु बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् ।

मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको कोरोना तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ६०५, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् । यसैगरी चितवनमा १३७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा काठमाडौं उपत्यकाको संक्रमण देशभरका कुल संक्रमितको ५० प्रशितत भन्दा पनि बढी रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज