२ चैत्र २०८२, सोमबार | March 16, 2026

काठमाडौंमा थपिए ७५५ नयाँ संक्रमित, चितवनमा पनि तिब्र संक्रमण



काठमाडौं । देशभर कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन लगाउन सरकारलाई सिफारिस गरिसकेको छ । तर, सक्रिय संक्रमितको संख्या झन बढेको छ ।

संक्रमितहरु सबैभन्दा धेरै काठमाडौं उपत्यकामा नै बढिरहेका छन् । पछिल्लो २४ घण्टामा घना वस्ती भएका काठमाडौं र चितवनमा संक्रमितहरु बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् ।

मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको कोरोना तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ६०५, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् । यसैगरी चितवनमा १३७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा काठमाडौं उपत्यकाको संक्रमण देशभरका कुल संक्रमितको ५० प्रशितत भन्दा पनि बढी रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : ३७ बजे

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले