२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित



काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टीको सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

चार दिनसम्म चलेको महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ । त्यसैगरि महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडोल निर्वाचित भएका छन् ।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन समितिबाट केहीबेरमा महाधिवेशनको बन्दसत्रको हलमा नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा गर्ने तयारी गरिरहेको छ ।

थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

जेनजी आन्दोलनपछि नेतृत्त्व रुपान्तरणको एजेण्डा बोकेर गगन( विश्व लगायतका नेताहरूले देउवासँग महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए । तर चुनाव अघि महाधिवेशन गर्न असम्भव हुने भन्दै देउवा समूह तयार नभएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ३४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल