२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

निर्वाचन आयोगमा देउवापक्षीय नेताहरुद्वारा आफुहरू नै आधिकारिक भएको दाबी पेश

८८५ महाधिवेशन प्रतिनिधिले पहिल्यै हस्ताक्षर फिर्ता लिएको दाबी



काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरुले निर्वाचन आयोगमा पुगेका आफ्नो आधिकारिकता दाबी गरेका छन् ।

विशेष महाधिवेशन गरेर आफु निर्वाचित भएको कार्यमितिलाई मान्यता दिन गगन थापा पुगेको भोलिपल्टै देउवा समूहका नेताहरु पनि आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोग पुगेका हुन् ।

कार्यबहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु र जिल्ला सभापतिहरुसहित ठूलो संख्यामा कांग्रेसी नेताहरुले आयोगका पदाधिकारीहरु सामु आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी पेश गरे ।

खड्काले विशेष महाधिवेशनमा सहभागी भएका भनिएका महासमिति सदस्यहरुमध्ये ८८५ जनाले पहिले गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी सहितको पत्र पार्टी कार्यालयमा दर्ता गराएको बताए । उनले ती पत्रसहित सबै आधिकारिक डकुमेन्टहरु आयोगलाई बुझाउन लागेको बताए ।

नेता शेखर कोइरालाले आफुहरु यहाँ आउनै नपर्ने भए पनि मिडियामा आधिकारिकताको अनावश्यक चर्चा चलेपछि आउन बाध्य भएको जिकिर गरे । उनले कुनै पनि पदाधिकारीले आफुखुशी विशेष महाधिवेशन बोलाउन नसक्ने बताए । उनले आधिकारिक कांग्रेस आफुहरु ने भएको दाबी गर्दै दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्य, महासमिति सदस्य, नेता कार्यकर्ताहरु आफुहरुसँगै रहेको जिकिर गरे ।

कार्यबहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले संविधान, निर्वाचन ऐन र स्थापित विधि प्रक्रिया भन्दा बाहिर गएर कुनै निर्णय नगर्ने बताए । उनले आयोगले राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्ने स्थापित परम्परा समेत भएको जानकारी दिए । उनले आयोगलाई आधिकारिकतासम्बन्धी दस्तावेजहरु बुझाउन आग्रह गरे । आफुहरुले दुवै पक्षले पेश गरेका आधिकारिकतासम्बन्धी दस्तावेजलाई सुक्ष्मढंगले अध्ययन गर्ने उनले बताए ।

आयोगका पदाधिकारीहरुसँग भेट्न भने नेताहरुसहित केन्द्रीय सदस्यहरुलाई मात्र कार्यालयभित्र प्रवेश दिइएको थियो । स्थान अभावका कारण अन्य नेता कार्यकर्ताहरुलाई बाहिरै बस्न प्रहरीले माइकिङ गरेर अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : २० बजे

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२

प्रतिनिधिसभा निर्वाचन मतगणना अपडेट : रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

बुटवल । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो

प्रतिनिधिसभा निर्वाचन : १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी