३ माघ २०८२, शनिबार | January 17, 2026

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई चुनावी गठबन्धनका रूपमा बुझ्न नहुने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न नहुने बताएका छन् । उनले अघिल्लो केन्द्रीय कार्य समितिले गरेको सहमति कायम रहने स्पष्ट पारे ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि कांग्रेसको धारणा सार्वजनिक गर्दै सहमति कायम गरेर जाने निर्णय भएको चालिसेले बताएका हुन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये नेकपाका नेता वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नेछन् । गौतमले अवधि केहीदन बाँकी छँदै राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिइसहेका छन् । उनलाई नेकपाले बर्दिया १ बाट चुनाव लडाउने भएको छ ।

बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस, एमाले र जसपा नेपालले भागवण्डा गरेर क्रमश ९(८(१ सिटमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ३७ बजे

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

कालीकोटमा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

कालीकोट । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि