काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन लिएर सर्वोच्च अदालतमा गएको छ ।
थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता विमलेन्द्र निधिलगायत देउवा समूहका नेताहरूअन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।
विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले उक्त प्रक्रिया बदर गर्न माग गरेको छ ।
रिट निवेदन दर्ता गर्ने प्रक्रिया जारी रहेको छ ।


















प्रतिक्रिया