६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ



काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर गरेको रिट निवेदन लिएर सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ ।

रिट दर्ता भएपनि यसको सुनुवाइ भने माघ ६ गते मंगलबार मात्र हुने भएको छ । भोलि सोमबार सार्वजनिक बिदा परेका कारण मंगलबार सुनुवाइ हुनेभएको हो ।

मंगलबार नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । त्यसैले देउवा पक्षका वकिलहरुले आजै सुनुवाइ गर्न माग गरेका थिए । तर सर्वोच्च प्रशासनले भने आज सम्भव नभएको भन्दै पर्सिकालागि पेशी तोकेको हो।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले रिटमा उक्त प्रक्रिया बदर गर्न माग गरेको छ ।

रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : १८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको