४ माघ २०८२, आइतबार | January 18, 2026

राजीनामा दिन आउँछु, आउँदै छु भनेका धरानका मेयर हर्क साम्पाङ कार्यालय नआएपछि…



धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४) मेयर पदबाट राजीनामा दिने तयारी गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ निर्धारित समयमा कार्यालय नआएपछि राजीनामाबारे अन्योल सिर्जना भएको छ ।

मेयर साम्पाङले आइतबार मध्याह्न साढे १२ बजेतिर कार्यालयमा आएर राजीनामा बुझाउने तयारी रहेको जानकारी उपमेयर अईन्द्र विक्रम बेघालाई टेलिफोनमार्फत गराएका थिए । सोही जानकारीका आधारमा उपमेयर बेघा र कर्मचारीहरू कार्यालयमा उपस्थित भई उनको प्रतीक्षा गरेका थिए ।

तर, दिउँसो ४ बजेसम्म पनि मेयर साम्पाङ कार्यालय नआएपछि उपमेयर बेघा कार्यालय समय सकिएपछि फर्किएका छन् । उपमेयर बेघाले भने, “उहाँले उम्मेदवार बन्छु होला, म आउँछु होला भन्दै फोन गर्नुभएको थियो । दिनभर पर्खिएँ तर आउनुभएन ।”

बेघाका अनुसार दिउँसो करिब अढाई बजेतिर फेरि आउँछु भनेर मेयर साम्पाङले फोन गरेका थिए । तर त्यसपछि न फोन आयो न त उनी कार्यालय नै पुगे । कार्यालय समय सकिएकाले आफू फर्किएको उपमेयर बेघाले बताए ।

श्रम संस्कृति पार्टी स्थापना गरेर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने घोषणा गरिसकेका साम्पाङले यसअघि नै मेयर पदबाट राजीनामा दिने सार्वजनिक घोषणा गरेका थिए । उनी पछिल्लो समय चुनावी अभियानमा सक्रिय देखिएका छन् ।

मेयर साम्पाङ राजीनामा दिन आउने सूचना पाएपछि धरान उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरू समेत दिनभर उनको प्रतीक्षामा बसेका थिए । तर, उनी नआएपछि राजीनामा कहिले दिने भन्ने विषयमा अन्योल कायमै रहेको छ ।

यसैबीच, आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार नै मेयर पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ०४ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२