काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो यात्रालाई निरन्तरता दिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले वृद्धि भएको हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर पाँच हजार ८१० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा किनबेच भएको थियो ।


















प्रतिक्रिया