६ माघ २०८२, मंगलबार | January 20, 2026

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट



काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । लामो समयसम्म उम्मेदवार छनोटलाई लिएर अन्योल देखिएको उक्त क्षेत्रमा अन्ततः यसअघि नै चुनाव जितिसकेका गैरेलाई नै पुनः टिकट दिने निर्णय गरिएको हो ।

यसअघि पार्टीले पाल्पा-२ बाट वरिष्ठ नेता विष्णु प्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर पौडेलले रुपन्देही क्षेत्र २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरेपछि उक्त निर्णय परिवर्तन भएको थियो । त्यसपछि पाल्पा-२ मा रामबहादुर राउतलाई टिकट दिने तयारी गरिएको थियो ।

तर अन्तिम चरणमा आएर पार्टी नेतृत्वले पुनः निर्णय फेरबदल गर्दै आज बिहान बसेको छलफलपछि ठाकुर गैरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । यससँगै पाल्पा-२ मा एमालेको उम्मेदवारको टुंगो लागेको छ भने लामो समयदेखिको आन्तरिक अन्योल पनि समाप्त भएको छ ।

यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठाकुर गैरेले पाल्पा-२ बाट जीत हासिल गरेका थिए । संगठन र कार्यकर्तामाझ बलियो पकड रहेका गैरेलाई पुनः उम्मेदवार बनाउँदा निर्वाचनमा सहज हुने निष्कर्षसहित एमालेले अन्तिम निर्णय गरेको पार्टी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ४२ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र