२३ बैशाख २०८३, बुधबार | May 6, 2026

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट



काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । लामो समयसम्म उम्मेदवार छनोटलाई लिएर अन्योल देखिएको उक्त क्षेत्रमा अन्ततः यसअघि नै चुनाव जितिसकेका गैरेलाई नै पुनः टिकट दिने निर्णय गरिएको हो ।

यसअघि पार्टीले पाल्पा-२ बाट वरिष्ठ नेता विष्णु प्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर पौडेलले रुपन्देही क्षेत्र २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरेपछि उक्त निर्णय परिवर्तन भएको थियो । त्यसपछि पाल्पा-२ मा रामबहादुर राउतलाई टिकट दिने तयारी गरिएको थियो ।

तर अन्तिम चरणमा आएर पार्टी नेतृत्वले पुनः निर्णय फेरबदल गर्दै आज बिहान बसेको छलफलपछि ठाकुर गैरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । यससँगै पाल्पा-२ मा एमालेको उम्मेदवारको टुंगो लागेको छ भने लामो समयदेखिको आन्तरिक अन्योल पनि समाप्त भएको छ ।

यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठाकुर गैरेले पाल्पा-२ बाट जीत हासिल गरेका थिए । संगठन र कार्यकर्तामाझ बलियो पकड रहेका गैरेलाई पुनः उम्मेदवार बनाउँदा निर्वाचनमा सहज हुने निष्कर्षसहित एमालेले अन्तिम निर्णय गरेको पार्टी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ४२ बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको