काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् ।
प्रतिनिधिसभाको उम्मेदवार हुनेभएपछि दाहालले आज बिहान राजीनामा दिएकी हुन् । उनले आफ्नो राजीनामा महानगरउप्रमुख चित्रसेन अधिकारीलाई बुझाएकी छिन् ।
राजीनामा दिनुअघि दाहालले बोर्ड बैठक बोलाएर अहिलेसम्म आफुलाई सहयोग गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गरेकी छिन् ।
यसअघि दाहालले हिजो उपप्रमुखसहित आयोजित पत्रकारसम्मेलनमा आफु अब प्रतिनिधिसभा निर्वाचनमा उठ्न लागेको औपचारिक जानकारी गराएकी थिइन । उनले भावुक हुँदै महानगर बनाउन दिन रात नभनी काममा खटेको स्मरण गर्दै अब बाँकी अधुरा काम अधिकारीलाई सुम्पन लागेको बताएकी थिइन ।
महानगर उपप्रमुख अधिकारीले उमेरले आफु दाइ भए पनि पदले दाहाल आफ्नो अभिभावक भएको र भरतपुर महानगरको विकासका लागि आफुहरु सधैंभर मिलेर अघि बढेको स्मरण गरेका थिए ।
दाहालले आजै नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गर्दैछिन् ।


















प्रतिक्रिया