६ माघ २०८२, मंगलबार | January 20, 2026

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा



काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् भने नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् ।

यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक प्रचण्ड गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक प्रचण्डलाई सहयोग गरेका थिए ।

विसं २०४८ सालको निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन् । पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिरिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ३४ बजे

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल र कांग्रेसबाट चुन्नु पौडेलको उम्मेदवारी दर्ता

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

काठमाडौं-५ मा नेकपा उम्मेदवार कल्पना शर्माले गराइन मनोनयन दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टी

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका