१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बाँके-३ को निर्वाचनमा कांग्रेस र एमालेमा असन्तुष्टी चुलिँदै



नेपालगन्ज । नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा रोल्पाबाट अमरसिंह पुनलाई उम्मेदवार बनाउन ल्याएपछि स्थानीय कांग्रेस कार्यकर्ताहरु आन्दोलित बनेका छन् । स्थानीय नेताहरुलाई पन्छाएर बाहिरि जिल्लाबाट उम्मेदवार बनाएको भन्दै उनीहरुले कांग्रेस बाँकेको कार्यालयको गेटमा तालाबन्दी समेत गरेका छन् ।

प्रस्तावित उम्मेदवारलाई ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिँदै उनीहरुले स्थानीय नेताको भावना र योगदानलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवले स्थानीय नेतालाई उम्मेदवार नबनाइए पार्टी कमजोर हुँदै जाने चेतावनी दिए ।

तालाबन्दी गर्न पुगेका जानकी गाउँपालिका–५ का बुथ सचिव सियाराम यादवले पनि ‘टुरिस्ट’ उम्मेदवारलाई स्वीकार गर्न नसकिने बताए । आन्दोलित कांगैृस कार्यकर्ताहरुले स्थानीय नेता लक्ष्मी नारायण शाहलाई उम्मेदवार बनाउन माग गरेका छन् ।

अघिल्लो निर्वाचनमा पनि कांग्रेसले बाँके ३ मा बर्दिया बसोबास भएका तत्कालिन सहमहामन्त्री किशोरसिह राठोरलाई उम्मेदवार बनाएको थियो । कार्यकर्ताहरूले पार्टी कार्यालयमा ताला लगाउनुका साथै ‘टुरिस्ट नेता मुर्दाबाद’, ‘स्थानीय नेतालाई उम्मेदवार बनाऊ’ जस्ता नाराबाजी गरेका थिए । उनीहरूले पार्टी नेतृत्वले स्थानीय कार्यकर्ताको भावना बुझेर तत्काल निर्णय सच्याउनुपर्ने माग समेत गरेका छन् ।

उता अहिल्लो दिनसम्म उम्मेदवार बनाउने केन्द्रको सूचनाका आधारमा निर्वाचन दौडाहा सुरु गरिसकेका एमाले बाँकेका नेता दलबहादुर सुनारको टिकट खोसेर अर्को उम्मेदवार बनाएपछि एमाले बाँकेको अफिस घेराउ गर्न पुगेका छन् । सोमबार साँझ सम्म केन्द्रले बाँके ३ को उम्मेदवार घोषणामा परेका सुनार सोमबार दिनभरि चुनावी प्रचारमा जुटेका थिए, तर राती अबेर एक्कासी सुमन मल्लले टिकट पाउने निर्णय आएपछि उनी आक्रोशित बनेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ४३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट