१६ श्रावण २०८३, शनिबार | August 2, 2026

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनले मुख्य सचिव पदबाट अलग हुने निर्णय गरेका हुन् ।

मुख्य सचिव पौडेलले राजीनामा दिएको कुरा पार्टीका एक पदाधिकारीले पुष्टि गरेका छन् । उनका अनुसार पौडेलको राजीनामापछि सचिव प्रकाश शर्माले बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकसम्बन्धी सूचना जारी गरेका थिए ।

नयाँ नेतृत्व चयन भइसकेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी गरिएको छ । उक्त बैठकलाई नयाँ नेतृत्वको पहिलो औपचारिक बैठकका रूपमा हेरिएको छ ।

पार्टी स्रोतका अनुसार, सो बैठकबाट नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको छ । पार्टीभित्र देखिएको लामो आन्तरिक विवाद र नेतृत्व परिवर्तनपछि कांग्रेस नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने संकेतका रूपमा यो निर्णयलाई लिइएको छ ।

मुख्य सचिवको राजीनामासँगै पार्टी संगठनात्मक संरचनामा थप फेरबदल हुन सक्ने आँकलन गरिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले स्पष्ट नेतृत्व, रणनीति र सन्देशसहित मैदानमा उत्रिने तयारी तीव्र बनाएको देखिन्छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ४ : ५४ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा