९ माघ २०८२, शुक्रबार | January 23, 2026

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न



बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका साथ सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । विद्याकी देवी सरस्वतीको पूजा-आराधना, स्तुति तथा ज्ञान प्राप्तिको कामनासहित विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ढाइदेखि तीन वर्षसम्मका स-साना नानीबाबुहरूलाई प्रविधिमैत्री वातावरणमा अक्षरारम्भ गराइएको हो ।

परम्परागत र आधुनिक शिक्षण पद्धतिलाई समेटेर गरिएको अक्षरारम्भ कार्यक्रममा सेतो पाटी र स्मार्टबोर्ड दुवै माध्यम प्रयोग गरिएको थियो । ससाना बालबालिकाहरूले कोमल हातले विद्याकी प्रतीक सरस्वतीको आराधना गर्दै अनुभवी, दक्ष तथा बालमैत्री शिक्षकहरूको सहयोगमा अक्षर लेख्दै औपचारिक लिखित शिक्षाको शुभारम्भ गरेका थिए ।

बालबालिकालाई नयाँ परिवेशसँग परिचित गराउँदै जिज्ञासा समाधान र बालसुलभ वातावरणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपानेले प्रविधिमैत्री वातावरणमा संस्कारयुक्त सिकाइ र जीवनोपयोगी ज्ञान प्रदान गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताए । उनले प्रारम्भिक बाल शिक्षामा गुणस्तर र व्यवहारिकतामा विशेष ध्यान दिइएको उल्लेख गरे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्यहरू वसन्तकुमार जोशी, रेखा श्रेष्ठ, विद्यालय सहयोग समिति सदस्य प्रवीनमान श्रेष्ठ, विष्णुमाया श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा पाँच जना बटुकले स्वस्तिवाचन गरेका थिए भने एक जना आचार्यले सरस्वती पूजाको महिमा र महत्वबारे प्रवचन दिएका थिए ।

विद्यालयमा यस वर्ष १२० जना नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको प्राचार्य न्यौपानेले जानकारी दिए । हाल करिब २ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको दीप बोर्डिङ हाइ स्कुलले प्रत्येक वर्ष सरस्वती पूजाको अवसर पारेर नयाँ विद्यार्थी भर्ना तथा अक्षरारम्भ कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : ०६ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति