१६ भदौ २०८३, मंगलबार | September 1, 2026

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न



बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका साथ सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । विद्याकी देवी सरस्वतीको पूजा-आराधना, स्तुति तथा ज्ञान प्राप्तिको कामनासहित विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ढाइदेखि तीन वर्षसम्मका स-साना नानीबाबुहरूलाई प्रविधिमैत्री वातावरणमा अक्षरारम्भ गराइएको हो ।

परम्परागत र आधुनिक शिक्षण पद्धतिलाई समेटेर गरिएको अक्षरारम्भ कार्यक्रममा सेतो पाटी र स्मार्टबोर्ड दुवै माध्यम प्रयोग गरिएको थियो । ससाना बालबालिकाहरूले कोमल हातले विद्याकी प्रतीक सरस्वतीको आराधना गर्दै अनुभवी, दक्ष तथा बालमैत्री शिक्षकहरूको सहयोगमा अक्षर लेख्दै औपचारिक लिखित शिक्षाको शुभारम्भ गरेका थिए ।

बालबालिकालाई नयाँ परिवेशसँग परिचित गराउँदै जिज्ञासा समाधान र बालसुलभ वातावरणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपानेले प्रविधिमैत्री वातावरणमा संस्कारयुक्त सिकाइ र जीवनोपयोगी ज्ञान प्रदान गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताए । उनले प्रारम्भिक बाल शिक्षामा गुणस्तर र व्यवहारिकतामा विशेष ध्यान दिइएको उल्लेख गरे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्यहरू वसन्तकुमार जोशी, रेखा श्रेष्ठ, विद्यालय सहयोग समिति सदस्य प्रवीनमान श्रेष्ठ, विष्णुमाया श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा पाँच जना बटुकले स्वस्तिवाचन गरेका थिए भने एक जना आचार्यले सरस्वती पूजाको महिमा र महत्वबारे प्रवचन दिएका थिए ।

विद्यालयमा यस वर्ष १२० जना नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको प्राचार्य न्यौपानेले जानकारी दिए । हाल करिब २ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको दीप बोर्डिङ हाइ स्कुलले प्रत्येक वर्ष सरस्वती पूजाको अवसर पारेर नयाँ विद्यार्थी भर्ना तथा अक्षरारम्भ कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : ०६ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,