२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

‘पब्लिक डिबेट’का लागि तयार छु : एमाले अध्यक्ष केपी शर्मा ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई केन्द्रमा राखेर आयोजना हुने सार्वजनिक बहस (पब्लिक डिबेट) मा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर प्रत्यक्ष प्रश्न-उत्तर सहित बहस गरिनु लोकतन्त्रका लागि सकारात्मक हुने उल्लेख गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्न चाहने दल तथा नेताहरूबीच पारदर्शी र बौद्धिक बहसको माग सार्वजनिक वृत्तबाट उठिरहेको उल्लेख गरेका छन् । त्यस्तो बहस आयोजना गरेर सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आफू तयार रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, “यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दलहरू, अघिल्लो निर्वाचनपछि उदाएका दलहरू र हालसालै खुलेका नयाँ दलहरूले समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा उत्रिएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा के हो ? देश निर्माणमा यसअघि के-कस्ता काम गरियो ? अबका योजना, रोडम्याप र खाका के छन् ? यस्ता प्रश्नहरूमा आमनेसामने बहस हुनु अत्यन्त सकारात्मक विषय हो ।”

अध्यक्ष ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा फ्रेमिङ गरेर तयार पारिएका प्रचार सामग्रीमार्फत मतदातालाई प्रभावित गर्ने र वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसकै प्रतिक्रियाका रूपमा पब्लिक डिबेटको माग उठेको हुन सक्ने बताएका छन् ।

उनले यसअघि एमाले नेतृत्वले गरेका काम, उपलब्धि र अनुभवका आधारमा अब देशलाई कसरी अघि बढाउने भन्ने विषयमा तथ्यसहित प्रस्तुत हुन आफू तयार रहेको स्पष्ट पारेका छन् । “आमनेसामने उभिएर हामीले के-के गर्‍यौँ र अब कसरी काम गर्छौँ भन्ने कुरा जनतामाझ राख्न म तयार छु,” उनले उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले देश जलाउने र देश बनाउने शक्तिबीचको प्रतिस्पर्धामा नेकपा एमाले देश बनाउने पक्षबाट मैदानमा उत्रिएको दाबी गर्दै चुनावी बहसले जनतालाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : २१ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात